काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले उपत्यका केन्द्रित आन्दोलनको घोषणा गरेको छ ।
मंगलबार काठमाडौंमा बसेको राप्रपा आन्दोलन परिचालन मूल समितिले पार्टी पूर्णरुपमा आन्दोलनमा होमिने निर्णय गर्दै आन्दोलनका कार्यक्रम तय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।
बैठकले चैत्र २६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय विरोधसभा सहितको प्रदर्शन गर्ने र बैशाख ७ गतेबाट राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको उनले बताए ।
बैठकले राजसंस्था, हिन्दुराष्ट्रको पक्ष र संघीयताको विपक्षमा शान्तिपूर्ण रुपमा हुने जुनसुकै आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको लिङदेनले जानकारी दिए ।
त्यस्तै आन्दोलनका लागि सहकार्य गर्न ढोका खुला गर्ने समेत बैठकले निर्णय गरेको उनले बताए । त्यस्तै बैठकले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयप्रति विरोध प्रकट गर्ने निर्णय गरेको छ ।