काठमाडौँ– महानगर यातायातले प्रालिले थप ४० वटा बस सञ्चालनमा ल्याएको छ ।
आफ्नो सेवालाई थप परिस्कृत गर्ने क्रममा महानगरले बिहीबारबाट २० करोड लगानीमा थप ४० वटा बस सञ्चालनमा ल्याएको हो।
३२ सिट क्षमता तथासाढे आठ मिटर लम्बाई रहेको यी बसहरु चन्द्रागिरीदेखि धुलिखेल अस्पतालसम्म सेवा दिने उद्देश्यले थप गरिएको कम्पनीका वरिष्ठ सल्लाहकार धर्मराज रिमालले जानकारी दिए। ‘यी बसहरू चन्द्रागिरीबाट नयाँ बसपार्क–चाबहिल–कोटेश्वर–बनेपा हुँदै धुलिखेल अस्पतालसम्म पुग्छन्उ’ नले भने।
नयाँ बस थपिएसँगै महानगर यातायातको बस संख्या ८९ पुगेको छ। २०७२ सालमा काठमाडौंको चक्रपथमा एकै पटक गुड्ने गरी ३९ वटा ठूला सिटी बस सञ्चालनमा ल्याएको थियो। कम्पनीले सुरूआतमा १७ करोड लगानी भएको बताएको छ।
कम्पनीले आगामी दुई महिनाभित्रमा दश वटा विद्युतीय बस समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ। यसका लागि दश वटा विद्युतीय बस बुकिङ भइसकेको जनाउदैँ उनले त्यसले सफलता पाएको खण्डमा एक वर्षभित्र थप ५० वटा विद्युतीय बस ल्याउने योजना रहेको जानकारी दिए ।
.कम्पनीले छिट्टै महानगर यातायातलाई पब्लिक कम्पनी लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने घोषणा गरेको छ। त्यससँगै आइपिओ समेत जारी गर्ने बताएको छ। महानगर यातायातले लामो दूरीका रूटहरूमा सेवा विस्तार गर्ने योजना समेत अघि सारेको छ।