काठमाडौँ– ‘सामाजिक अभियन्ता’ आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सामाजिक अभियन्ताका रुपमा चिनिइरहेकी तामाङलाई पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरीलाई अभद्र व्यवहारको आरोपमा प्रहरीले पक्राउ गरिएको हो। अदालतको अनुमतिसहित पक्राउ पुर्जी लिएर प्रहरी टोली उनको कार्यालय स्वयम्भु पुगेको थियो ।
आशिकालाई अनुसन्धानका लागि गौशाला वृत्तमा राखिएको छ। उनीविरुद्ध अभद्र मुद्दामा म्याद थप गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।
अभिनेत्री समेत रहेकी तामाङ पछिल्लो समयमा सामाजिक सञ्जालमा निकै भाइरल छन् । विशेषगरी उनले आफूलाई सामाजिक अभियन्ताको रुपमा चिनाउदैँ विभिन्न गतिविधिहरु गर्दै आएकी छन् ।