काठमाडौँ– सामूदायिक रेडियोहरूको छाता संगठन सामूदायिक रेडियो प्रसारक संघ नेपाल र नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स प्रा.लि बीच सहकार्यको सम्झौता सम्पन्न भएको छ।


ADVERTISEMENT


देशैभरि संचालित सामूदायिक रेडियोहरूको व्यवसायिक क्षमता अभिवृद्धि र वित्तिय श्रोत पहिचान तथा प्रभावकारी परिचालनमा सहकार्य गर्ने उद्देश्यले लागि दुबै संस्थाबीच सहमती भएको हो ।


ADVERTISEMENT

# # #


संघको केन्द्रिय कार्यालय ललितपुर चाकुपाटस्थित कार्यालयमा मिति २०८१ मंसिर १३ गते सम्झौता भएको हो। सम्झौता पत्रमा सामूदायिक रेडियो प्रसारक संघको तर्फबाट अध्यक्ष अर्जुन गिरी र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट प्रवन्ध संचालक रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।

आर्थिक मन्दीको कारण वित्तिय श्रोतको व्वस्था नहुदा धेरै रेडियोहरू क्रमशस् समस्याग्रस्त हुदैँ गएको अवस्थामा यस सम्झौताले सामूदायिक रेडियो प्रसारक संघको लागि वित्तिय श्रोतको व्यवस्थापन तथा समस्याग्रस्त सदस्य रेडियोहरूको प्रभावकारी संचालनमा सहयोग र सहकार्य गर्ने विश्वास लिइएको छ ।

सामूदायिक रेडियो प्रसारक संघ, देशैभरि संचालित गैर नाफामूलक सामूदायिक रेडियोहरूको छाता संगठन हो। संघको नेटवर्कमा अहिले ३५० वटा भन्दा बढी रेडियोहरू आवद्ध छन। संघले आफ्ना सदस्य रेडियोहरूको  सुसंचालन, वित्तिय श्रोतहरूको परिचालन, सूचना प्रवाह र तालिमहरूमा सहयोग प्रदान गर्दै आएको छ ।

संघअन्तर्गत आफ्नै सामूदायिक सुचना नेटवर्क (सीआईएन) र अनलाईन पोर्टल cinkhabar.com संचालित छ। संघले बिहान बेलुका ३५० वटा रेडियोहरूबाट समाचार प्रसारण गर्दै आएको छ । संघले विभिन्न एनजिओ, आइएनजीओहरू संगको सहकार्यमा समुदाय लक्षित सूचनामूलक, जनचेतना मूलक र जिवन स्तर उकास्ने  किसिमको सामाग्री निर्माण गरि ३५० वटै सामूदायिक रेडियो मार्फत प्रसारण गर्दै आएको छ ।

नेक्सजेन म्यानेजमेन्ट २०८१ वैशाखदेखि विशेषज्ञ सेवा दिने गरि संचालित कम्पनी हो। यसले सम्पत्ती व्यवस्थापन सम्बन्धी काम र व्यवसायिक परामर्श दिने काम गर्छ। छोटो अवधीमा यसले देशी विदेशी कम्पनीहरूसंग सम्झौता र सहकार्य गरि सेवा दिदैँ आएको छ।