कपिलवस्तु– जिल्लामा स्थानियले चुनाव प्रचारमा हिडेको एमाले प्रदेश सांसद एवं नेकपा एमाले नेताहरू सवार गाडी नियन्त्रणमा लिएका छन् ।
कपिलवस्तुको शुद्धोदन गाउँपालिका– मा १ हुने उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको भन्दै स्थानियले सोही वडाका पतरियामा लुम्बिनी प्रदेशसभाको विषेशाधिकार समिति सभापति गिरिधारीलाल न्यौपानेले प्रयोग गर्ने बा १२९७ नम्बरको गाडी नियन्त्रणमा लिएका हुन् ।
उक्त गाडीमा प्रदेशसभा सदस्य न्यौपाने, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष झविलाल पोखरेल लगायत नेताहरू सवार थिए ।
उक्त क्षेत्रमा वडाध्यक्ष उम्मेदवारका लागि मोहमद ताहिर उठेका छन् । उनले मुसलमानको पक्षमा मत माग्दै गरेको अवस्थामा स्थानियले गाडी नियन्त्रण लिएका थिए ।
स्थानीयले गाडी नियन्त्रणमा लिएको भन्ने सूचना पाएपछि सहायक निर्वाचन अधिकृत अमर ओलीले प्रहरी पठाएको बताएका छन् । गाडी नियन्त्रमा लिएपछि माओवादी केन्द्र र जसपाका समर्थकले नाराबाजी गरेका थिए ।