काठमाडौँ – एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच ऋलीपे प्लस को नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत नेपाल पेमर्चेन्टहरुका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT


यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्टेरोपिरेबल क्यूआर इन्टेरोपिरेबल क्यूआर को मर्चेन्ट क्यूआर मा अलीपे प्लसको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्टेरोपिरेबल क्यूआर मा सजिलै भुक्तानी गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


ओलीपे प्लसको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढी इसुइङ्ग उपकरण, ३०० भन्दा बढी एक्वायरिङ नेटवर्क ९ करोड भन्दा बढी ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् । ओलीपे प्लसको नेटवर्कमा अलीपे चाइना, ओसीबीसी, च्याङ्गी पे, जीक्यास, अलीपे एचके, हाईपे, काकाओ पे, टस पे, नेभर पे, टीएनजीडी, पीबीबी, ट्रु मनी, एमपेमार्फत अन्तरदेशीयभुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ ।

एनसीएचएलले ओलीपे प्लस सँग इन्टरनेशनल पेमेन्ट पार्टनरका रुपमा आबद्ध भई दुइ नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ती आवश्यक व्यवस्था मिलाइसकेको छ । यस पहल अनुरुप अब एभरेष्ट बैंक सँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ती सम्झौता भएको हो । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल क्यूआर मापदण्ड कार्यान्वयन गर्न, नेपाल पे क्यूआर एक स्वतन्त्र क्यूआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो ।

हाल नेपाल पे क्यूआरको नेटवर्क मा ८ लाख ५० हजारभन्दा बढी (इन्टेरोपिरेबल क्यूआर समेतका) मर्चेन्टहरु आबद्ध रहेका छन् ।