काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ ।


ADVERTISEMENT


नेपाली कांग्रेस स्याङ्जाका पुर्व सभापतिसमेत रहनुभएका रेग्मीको आज बिहान भीरकोट नगरपालिकास्थित आफ्नै निवासमा ७५ वर्षको उमेरमा निधन भएको हो । लामो समय शिक्षण पेसामा आवद्ध रेग्मी पछिल्लो समय जिब्रोको क्यान्सरबाट पीडित थिए ।


ADVERTISEMENT

# # #


अन्तिम श्रद्धाञ्जलीकालागि रेग्मीको पार्थीव शरीर जिल्लास्थित पार्टी कार्यालय स्याङ्जामा दिउँसो एक बजेसम्म राखिने पार्टी सचीव दामोदर लम्सालले जानकारी दिए । वि.सं २०५८ सालमा राष्ट्रिय सभा सदस्य भएका रेग्मी २०५१ मा स्याङ्जा क्षेत्र नम्बर चारबाट निर्वाचनमा पराजित भएका थिए ।

रेग्मी तीन कार्यकालसम्म नेपाली कांग्रेस स्याङ्जाको सभापति थिए । वि।सं २०५८ साल माघ २७ गते माओवादीको गोली लागेर उनी घाइतेसमेत भएका थिए । उनको आज नै कालीगण्डकीस्थित राम्दीघाटमा अन्त्येष्टि गरिने छ ।