काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६ जना पदाधिकारी थप गरेको छ । महोत्तरीमा जारी केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक डा. स्वर्णिम वाग्लेलाई उपसभापतिमा चयन गरेको हो ।


ADVERTISEMENT


यस्तै बैठकले सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य चयन गरेको छ । रास्वपाले संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठलाई सचिवालय सदस्य बनाएको छ।


ADVERTISEMENT

# # #


सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईं मनोनित भएका छन् । रास्वपामा यसअघि नै डोलप्रसाद अर्याल उपाध्यक्ष, कविन्द्र बुर्लाकोटी सहमहामन्त्री र बसुमाया तामाङ कोषाध्यक्षमा रहेका थिए ।

रास्वपामा अब पदाधिकारीको संख्या सभापतिसहित ११ पुगेको छ ।