काठमाडौं-सरकारले प्रदेश सरकारका लागि भनेर स्थान छनोट गरिसकेको छ। प्रदेश प्रमुखको कार्यालय कहाँ हु ?, आवास, प्रदेश संसद, संसद सचिवालय र सभामुखको कार्यकक्ष, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र आवास तोकिएको छ।
प्रदेश १
प्रदेश प्रमुखको कार्यालयः क्षेत्रीय पशुसेवा निर्देशनालय, विराटनगर
आवासः राष्ट्र बैंकको गेस्टहाउस
प्रदेश संसद्ः वीरेन्द्र सभागृह
संसद् सचिवालय र सभामुख, उपसभामुख कार्यकक्षः जिल्ला समन्वय समितिको कार्यालय, मोरङ
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आवासः क्षेत्रीय कृषि निर्देशनालय
प्रदेश २
प्रदेश प्रमुखको कार्यालयः सहरी तथा भवन डिभिजन कार्यालय, जनकपुर
आवासः राष्ट्र बैंकको गेस्टहाउस
प्रदेश संसद् र संसद् सचिवालयः शैक्षिक तालिम केन्द्रको कार्यालय
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयः शैक्षिक तालिम केन्द्रको भवन ठूलो भएकाले मन्त्रिपरिषद् पनि अटाइने
प्रदेश ३
प्रदेश प्रमुखको कार्यालय र आवासः क्षेत्रीय प्रशासन कार्यालयको भवन, हेटौँडा
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयः जिल्ला समन्वय समितिको कार्यालय
सभाहल र संसद् सचिवालयः क्षेत्रीय शिक्षा निर्देशनालयको भवन
प्रदेश ४
प्रदेश प्रमुखको कार्यालय र निवासः अध्यागमन कार्यालय पोखरा र क्षेत्रीय प्रशासन कार्यालय
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयः सीप विकास कार्यालय पोखरा
प्रदेश सभाहल र संसद् सचिवालयः नगरविकास प्रशिक्षण केन्द्र
प्रदेश ५:
प्रदेश प्रमुखको कार्यालय र आवासः सीप विकास केन्द्र, राजस्व अनुसन्धान केन्द्र, उद्योग व्यापार संघमध्ये एउटा भवन, बुटवल
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयः श्रम कार्यालय भवन
प्रदेश सभाहल र संसद् सचिवालयः बुटवल उद्योग वाणिज्य संघको हल
प्रदेश ६
प्रदेश प्रमुखको कार्यालय र निवासः क्षेत्रीय वन निर्देशनालयको तालिम केन्द्र, सुर्खेत
मुख्यमन्त्रीरमन्त्रिपरिषद् कार्यालयः क्षेत्रीय प्रशासन र क्षेत्रीय हुलाक निर्देशनालय
प्रदेश सभाहल र संसद् सचिवालयः क्षेत्रीय शैक्षिक तालिम केन्द्रको भवन
प्रदेश ७
प्रदेश कार्यालय सञ्चालनका लागि भवनको खोजी जारी छ । प्रदेश सभाका जिल्ला समन्वय समितिको भवन प्रयोग गर्ने निश्चित भएको क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेलले बताएका छन् ।