काठमाडौं –सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैं, तिहार र छठलाई लक्षित गर्दै विशेष उपहार योजना सार्वजनिक गरेको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले महान पर्वको अवसरमा आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिनसम्म चल्ने “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना घोषणा गरेको हो ।
कम्पनीका अनुसार “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें” योजना असोज १५ देखि मङ्सिर १५ गते सम्म लागू हुनेछ । यो उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनाले १ लाख रुपैयाँ, हरेक हप्ता ५ जनाले २५ हजार रुपैयाँ जित्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ६१ दिन लगातार हरेक दिन १०० जना विजेताले ५०० रुपैयाँको वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली ग्राहकले आफूले पठाएको रकमको १० गुणा बढी पाउनेछन्।
कम्पनीका अनुुसार यो अवधिभरि सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र योजनामा सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारी सहभागी हनु नपाउने कम्पनीले जनाएको छ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।