काठमाडाैँ – नेपालले १९औं एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ । नेपालले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १९.३ ओभरमा ७४ रन बनाउँदै अलआउट भयो ।
माल्दिभ्सका लागि मुआइयाथ घानीले सर्वाधिक ३३ रन बनाए । माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अविनाश बोहराले सर्वाधिक ६ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१२ रनको विशाल योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाए । २७ बल खेलेका उनले ३ छक्का र तीन चौका प्रहार गरे ।
त्यस्तै कुशल मल्ल ४७ रन बनाएर नटआउट रहे । २० बल खेलेका मल्लले तीन चौका र एक छक्का हाने । यस्तै कुशल भुर्तेलले ३५,गुल्सन झाले ३५ र विनोद भण्डारीले १३ रन बनाए । आसिफ शेख ६, दिपेन्द्र सिंह ऐरी ६ र सन्दीप जोरा ५ रन बनाएर आउट भए । सोमपाल कामी एक रनमा नटआउट रहे ।
माल्दिभ्सका लागि नजवान इसमैलले सर्वाधिक तीन विकेट लिए । नेपालले यसअघि मङगोलियाविरुद्ध कीर्तिमानी जीत निकालेको थियो ।