काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको स्वशासित क्षेत्र तिब्बतस्थित धार्मिक महत्वको मानसरोवर पुगेका छन् । उनी बिहीवार कैलाश पर्वत र मानसरोवर पुगेका हुन् ।


ADVERTISEMENT


कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि रहेका छन्े । आज मानसरोवर ताल र कैलाशको दर्शन गरेर त्यहीँ बस्ने तालिका रहेको छ ।


ADVERTISEMENT

# # #


असोज ६ गते अमेरिकाबाटै चीन पुगेका प्रधामन्त्री प्रण्डले चीनमा उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए । सोक्रममा चीन र नेपालबीभ विभिन्न विषयमा सम्झौता र सहमति समेत भएको थियो । होङजाउ, बेइजिङ, छोङ्छिङ, तिब्ब्तको ल्हासा हुँदै मानसरोवर पुगेका हुन् ।

उनी भोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

तस्बिरहरु : रासस