काठमाडौं-ईस्वी संवतको नयाँ वर्ष सन् २०१८ आज शुरु भएको छ ।
नयाँ वर्षको संसारभर भब्यताका साथ आतिसवाजी सहित स्वागत गरिदैछ ।
नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरिएको छ । पर्यटकीय स्थलहरुमा गएराती अबेर सम्म नयाँ वर्षका कार्यक्रम भएका थिए ।
ग्रेगोरियन पात्रो अनुसार जनवरी महिनाको पहिलो दिनबाट नयाँ वर्ष सुरु हुन्छ । ईसाई धर्मका प्रवर्तक जिजस क्राईस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीहरुले ईस्वी संवत प्रचलनमा आएको हो ।
संवत प्रचलनमा रहेका देशमा नयाँ वर्षका अवसरमा रमाईलो तथा खुसीयाली मनाउन विभिन्न कार्यक्रम गरिन्छ ।