काठमाडौं – भारतका चर्चित सेयर व्यावसायी राकेश झुनझुनवालाको निधन भएको छ।
६३ वर्षका झुनझुनवालाको मुम्बईको ब्रिच केन्डी अस्पतालमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतका वारेन बफेट भनिने राकेश झुनझुनवालाको आकासा एयरलाइन्सको विमानले यसै महिना पहिलो उडान भरेको थियो।
झुनझुनवालासँग ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थियो। झुनझुनवाला सन् १९८५ मा ५ हजार रुपैयाँ लगानी गरेर शेयर बजारमा प्रवेश गरेका थिए।
उनले सन् १९८६ मा पहिलो शेयर बजारबाट पहिलो पटक नाफा कमाएका थिए।