ललितपुर– काठमाडौंको कलंकी बस्दै आएका ७४ वर्षीय हेमराज गौतम ‘प्रोस्टेटग्लान्ड’ बढ्ने समस्याले निकै पीडित भए। चिकित्सकले शल्यक्रिया गरी खुर्केर फाल्नुपर्ने सुझाव दिए । चिकित्सकले दुई पटकसम्म शल्यक्रिया गरी खुर्केर पनि फालिदिए ।


ADVERTISEMENT


तर निको भएन । फेरि पलायो । चिकित्सकहरुले तेस्रोपटक शल्यक्रिया गर्न नमिल्ने भन्दै उनको पिसाब थैलीमा झोला झुण्डाइदिए र अब निको नहुने घोषणा पनि गरिदिए ।


ADVERTISEMENT

# # #


त्यसपछि भने उनी आयुर्वेदिक उपचारको खोजीमा लागे । गत वर्षको साउनमा उनी ललितपुरको महालक्ष्मी नगरपालिका, ९ स्थित लुभु, डाँडाथोकमा रहेको आरुष आयुर्वेद औषधालयमा पुगे । त्यो औषधालय नै उनका लागि बरदान भैदियो ।

थलिएर बोल्नै नसक्ने अवस्थामा पुगेको थिएँ, सो औषधालयका आयुर्वेद चिकित्सक कृष्णप्रसाद पोखरेलको जडीबुटी औषधि ४५ दिन खाएपछि वर्ष दिनभन्दा बढी भयो पूरै निकै भएको छ । अहिले ग्लाण्ड बढेको छैन र सोही अस्पतालमा गएर देखाउँदा चिकित्सकले पनि निको भैसकेको भनेका छन्— उनी बताउँछन्

उनको जस्तै रोगबाट पीडित रामेछापका ८० बर्षीय कृष्णप्रसाद श्रेष्ठ पनि अहिले ठीक हुनुभएको छ । सो औषधालयमा भेटिनुभएका उहाँले भन्नुभयो—‘‘मलाई अहिले केही छैन डेढ महिना औषधि खाएँ, अहिले त तन्दुरुस्तै भएको छु । प्रोस्टेट ग्लाण्ड बढ्न नरोकिएपछि दुःख पाएको थिएँ, अहिले ठीक भएको छु ।’’

महालक्ष्मी नगरपालिका–८ मा बस्ने ४२ बर्षीय कुमार राई पनि जडिबुटीबाटै आफ्नो ज्यान बचेको बताउँछन् । उनको कलेजो पूरै डल्लो परेको थियो । ‘लिबर सिरोसिस’ भनिने यस रोगका कारण सिकिस्त भएका उहाँलाई ३७ दिनसम्म आइसियूमा राखेर उपचार गरियो ।

कलेजो प्रत्यारोपण नगरेसम्म निको नहुने चिकित्सकले बताए । तर विदेश गएर लाखौँ रुपैयाँ खर्च गरेर उपचार गर्ने क्षमता नभएकोले त्यसै घर फर्किए । चिकित्सकले बढीमा ६ महिनामात्र बाच्ने सल्लाह उनको परिवारलाई दिए ।

विसं २०७२ को मंसिरमा पाटन अस्पतालबाट डिस्चार्ज भएपछि एकजना छिमेकीको सल्लाहबाट सो औषधालयामा आएका राई ४५ दिनको औषधि सेवनपछि ठीक हुनु भयो । अहिले सामान्य मानिससरह काम गरिरहेका राई भन्छन्—‘‘दुई बर्षयतादेखि म पूरै आराम छु, तर अस्पतालमा खर्च भएको तीन लाख रुपैयाँ अहिले झल्झली सम्झिरहेको छु ।’’

गएका केही बर्षयतादेखि उक्त आयुर्वेद उपचार केन्द्रमा बिरामीको भीड लाग्ने गरेको छ । विशेषतः कलेजोमा देखिएका गम्भीर प्रकृतिका समस्या, आधुनिक उपचार पद्धतिले निको नहुने खालका विभिन्न प्रकारका हेपटाइटिस्, पिसाब नली एवम् पित्तथैलीका साथै यौनाङ्गमा हुने जटिलता, ‘प्रोटेस्टो मेघाली’ जस्ता समस्याको यहाँ सफल उपचार भइरहेको छ ।

गोरखा खरिबोट–९ मा जन्मिएका ६५ वर्षीय कृष्णप्रसाद पोखरेलले केही बर्षयतादेखि लुभुमा जडिबुटी उपचार गर्दै आएका छन् । औपचारिक रुपमा आयुर्वेद चिकित्सा अध्ययनको प्रमाणपत्र नलिएको भएपनि उनमा अरु अब्बल चिकित्सक भन्दा कुनै कमी छैन । यसको रहस्य के हो भन्ने प्रश्नमा पोखरेलको भनाइ छ—‘‘मेरा बाजे, हजुरबुबा र बुबा गरी कम्तीमा तीन पुस्ताबाट गरिँदै आएको वैद्य पेसाबाट नै मैले यो उपचार पद्धति सिकेको हुँ । कम्तीमा ४० वर्षदेखि यो काम गर्दै आएको छु ।’’

सुरुमै यहाँ आउँदैनन्, ठूला अस्पतालले निको हुन्न भनेपछि मात्र मकहाँ आउने हुन् । अनि मेरो औषधिले निको भएपछि तिनै डाक्टरसँग जचाउन जाँदा पत्याउँदैनन् र कतिपय डाक्टर त मेरो औषधालयमै आएर मलाई सोध्ने गरेका छन् ।

उनको औषधिको स्रोत नेपालकै जडीबुटी हुन् । तर उनी आफै हिमाल, पहाड, तराई पुगेर आफैले जडिबुटी ल्याउने गरेका छन् । भन्छन्—‘‘जडिबुटी म आफै ल्याउँछु, अरुले ल्याएकामा मलाई विश्वास लाग्दैन । म आफै गएर जडिबुटी ल्याउँछु र आफैँ औषधि बनाउँछु ।’’

पोखरेलको लुभुस्थित उपचार केन्द्रमा कहिलेकाहीँ भारत, हङकङ, सिङ्गापुर र थाइल्यान्डका बिरामी पनि आएका छन् । ती विदेशीमा मिर्गौलाले काम नगरेको र एड्स पीडित हुन् । ‘‘जडीबुटी उपचारमा हामीलााई भन्दा विदेशीलाई बढी विश्वास छ’’—उनी भन्छन् । करिब २० जना जति विदेशीको पनि उपचार गरेको उनले बताए।
लाखौँ रुपैयाँ अस्पतालमा खर्च गर्दा पनि निको नभएपछि अन्तिम विकल्पको रुपमा आफूकहाँ आउने हुँदा अधिकांशको उपचार निःशुल्क गर्नुपर्ने अनुभव छ उहाँको । तर त्यति ठूला समस्या पनि जडीबुटीले नै निको भएको पाउँदा भने खुसी लाग्ने उनी बताउँछन् ।

नरमाइलो पक्ष पनि छ जडीबुटीका नाममा । उनी भन्छन्—‘‘अहिले यस क्षेत्रमा धेरै विकृति छन् । विज्ञापन दिन्छन्, उपचारका नाममा पैसामात्र असुल्ने गर्छन् । अनि मानौँ कि आयुर्वेद त रत्नपार्कमा बसेर सयथरि रोगको एउटै शिशी तेल बेच्ने ठगजस्तै ठान्छन् सबैलाई । त्यसैले मलाई कहिल्यै विज्ञापन गर्न मन लाग्दैन ।’’

त्यसो भए विरामी कसरी आउछन् त ? पोखरेलको जवाफ छ—निको भएका बिरामीले एकले अर्कोलाई भन्छन् र त्यही सूचनाको आधारमा आउने गर्छन् । हुन पनि अहिले उहाँको औषधालयमा उपचार गराइरहेका विरामी पनि यसरी नै आएको बताउछन् ।

आधुनिक चिकित्सा पद्दतिबाट पनि सम्भव नरहेका क्यान्सर, एड्स, निको नहुने खालका हेपटाइटिसजस्ता घातक रोग पनि जडिबुटीबाटै निको पार्न के सम्भव छ त भन्ने प्रश्नमा उनको संक्षिप्त जवाफ छ— सम्भव छ, सरकारले मलाई अनुसन्धानको वातावरण देखोस म सम्भव बनाएर देखाइदिन्छु । म मर्दा यो मसँगै जानेवाला छ, सरकारले यसलाई संस्थागत गरोस् भन्ने म चाहन्छु ।