काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसदको भवनमा बस्न लागेको हो ।


ADVERTISEMENT


आजको बैठकमा पनि विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ । त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय मन्त्रालय, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभिन्न शीर्षकमाथि पनि छलफल हुने कार्यसूची छ ।


ADVERTISEMENT

# # #


संसद् बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान साढे १० बजे बस्नेछ ।