• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ प्रकाशित

May 27, 2022 |

‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ प्रकाशित

392
SHARES
ShareTweet

काठमाडौँ– नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ नामक पुस्तक प्रकाशन गरेको छ ।


ADVERTISEMENT


नियात्रा विधामा साधनारत विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लिखित सो पुस्तकमा जगत्को उत्पत्ति र मानव सभ्यताको विकासअन्तर्गत ब्रह्माण्ड, पृथ्वी र प्राणीको उत्पत्ति, मानव सभ्यताको विकास र बसोबास तथा नेपालको सामान्य चिनारी, नेपाली दर्शनका आधारमा दर्शनको आधार र परिचय तथा वेद र उपनिषद्मा हिमाली उपमहादेशको दर्शनको परिचय दिइएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै मानव सभ्यता, कर्णालीमा दर्शन परम्परा, संस्कृति र मष्टो कुलायन परम्परा, कर्णालीमा प्रचलित दर्शन–परम्परामा लोकायत, बोन, शाक्त, शैव, वैष्णव, साङ्ख्य, बौद्ध, मीमांसा र ब्रह्म दर्शनबारे चर्चा गर्दै कर्णालीमा ती दर्शनको अवस्थाबारे जानकारी दिइएको छ ।

नेपालमा प्रचलनमा रहेका जैन, वैशेषिक, न्याय र योग दर्शन तथा कर्णालीको ऐतिहासिक पक्ष, खस साम्राज्य र संस्कृतिको परिचयसहित दर्शनमा प्रवेश गरेका हुनाले कर्णालीका लागि त पुस्तक सन्दर्भ ग्रन्थ बन्न पुगेको छ । सरल भाषामा मानवसहित दर्शनको विकाससम्मको चर्चा गरिएको हुनाले दर्शनबारे सामान्य जिज्ञासा राख्न चाहने पाठक तथा विद्यार्थीका लागि पुस्तक उपयोगी रहेको लेखकले जनाउनुभएको छ ।

कूल ४४८ पृष्ठ रहेको पुस्तकको मूल्य ४८५ छ । पराजुलीका यसअघि ‘तिब्बत यात्रा’(२०७२) (अङ्ग्रेजी र नेपाली), ‘डोल्पोः विश्वको जीवित सङ्ग्रहालय’ (२०७४) र ‘श्वेत पर्वत’(२०७८) प्रकाशित भइसकेका छन् । रासस


#
#

#









#




#


#


Share:

Rate:

Previousसर्वोच्चले जारी गरेको परमादेश कार्यकारी भूमिकामाथिको हस्तक्षेप : महासचिव पोखरेल
Nextकहीँ न कहीँ हाम्रो सिस्टमभित्र अहिले पनि थुप्रै खोटहरु छन् : अध्यक्ष दाहाल

ताजा खबर

  • ठिमीमा जेसुम यात्रास् संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
  • समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह
  • सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : अध्यक्ष यादव
  • गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरु
  • सुन्धारामा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved