सुर्खेत – दैलेखको आठबीस नगरपालिका सिस्नेमा बस दुर्घटना भएको छ । बुधबार साँझ करिब ८ बजे कालीकोटबाट सुर्खेत आउँदै गरेको बस म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका सिस्नेमा दुर्घटना भएको हो । बस करिब ३० मिटर तल खसेको हो ।


ADVERTISEMENT


दुर्घटनामा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर साहले इकागजलाई जानकारी दिए । मृतकको सनाखत नभएको उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यस्तै ८ जना गम्भीर घाइते छन् । राति भएकाले बसमा के कति यात्रु थिए पुष्टि नभएको साहले बताए । साहले मृतकको संख्या बढ्‍न सक्ने जानकारी दिए ।