काठमाडौँ – नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई जेल हाल्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


आइतबार मुलुकको आर्थिक अवस्थाका सम्बन्धमा नेकपा एमालेले गरेका पत्रकार सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले मुलुकको आर्थिक अवस्था कमजोर भइरहेका बेला अधिकार क्षेत्रभन्दा बाहिर गएर अर्थमन्त्री शर्माले राष्ट्र बैँकलाई अनुचित दबाब दिएकाले उनलाई कारबाही गर्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘सुनिन्छ, कनै देशबाट पैसा आएको, त्यसलाई अनुसन्धान गर भनेर अर्को देशले भनिरहेको, त्यो अनुसन्धान गर्नुपर्दैन भनेर अर्थमन्त्रले पत्र लेखेको भन्ने कुरा मिडियाले लेखेका छन् ।’

अर्थमन्त्रीले फलानोको पैसा दे भनेर लेखेर भन्नै नमिल्ने बताउँदै उनल थपे, ‘सम्बन्धित निकायले अनुसन्धान भइरहेको बेलामा तँ यो पैसा दे, यो नदे भनेर संस्थाले त्यो काम गर्नै सक्दैन । त्यो एक किसिमले अपराध नै हुन्छ । म त के देखिरहेको छु भने यदि हाम्रा संयन्त्र दह्रा हुने हो भने यही केसमा अर्थमन्त्रीलाई भित्र लगेर हाल्दिनुपर्ने हो । पत्र किन लेख्यौ भनेर ।’

उनले अब बजेट र मौद्रिक नीति बन्ने बेला आएकोले सरकारको आर्थिक सल्लाहकारका रुपमा रहेको गभर्नरलाई बाहिर राख्नु राम्रो संकेत नभएको उनले बताए ।