काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरुका लागि सार्वजनिक सवारी साधन चढ्ने र ओर्लने छुट्टै स्थान तोकेको छ ।


ADVERTISEMENT


फरक क्षमताका व्यक्तिहरुको सहज पहुँच र सुविधाका लागि भन्दै महाशाखाले उनीहरुका निमित्त पुरानो बसपार्कस्थित सवारी चढ्न र ओराल्नको लागि छुट्टै ठाउँको व्यवस्था गरेको हो ।


ADVERTISEMENT

# # #


महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेश राज जोशीको निर्देशनअनुसार सोमबारदेखि शुरु भएको सो व्यवस्थाका लागि पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाँउँ’ लेखिएको बोर्ड समेत राखिएको छ । फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगतामैत्री व्यवस्था थप्दै जाने एसएसपी जोशीको भनाई छ ।

यस्तै, सार्वजनिक सवारी साधनका चालक सह–चालक तथा यात्रुबर्गहरुलाई तोकिएको स्थानबाट मात्रै पिक एण्ड ड्रप गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।