काठमाडौँ– ग्राहकको हक हितका लागि सानिमा लाइफ इन्स्योरेन्सले सानिमा ‘धनपति’ जीवन बीमा नामक नयाँ योजनालाई अघि सारेको छ ।


ADVERTISEMENT


ग्राहकलाई सहज सेवाका साथ सर्वाेत्तम प्रतिफल दिने सो योजना ‘अधिकतम सुरक्षा सर्वोत्तम प्रतिफल’ भन्ने मूल नाराका साथ अघि सारिएको हो ।


ADVERTISEMENT

# # #


न्युनतम ११ वर्षको उमेरदेखि ७० वर्ष उमेर समूहसम्मका व्यक्तिहरु सहभागि हुन सकिने उक्त योजनाको बीमा अवधि १२, १५ एवम् २० वर्ष रहेको छ । र, त्यसमा पनि ग्राहकले आफ्नो सहजताअनुरुप वार्षिक, अर्धवार्षिक र त्रैमासिक रूपमा बीमा शुल्क बुझाउन सकिने कम्पनीको भनाई छ ।

कम्पनीका अनुसार, १२ वर्षे बीमा पोलिसीका ग्राहकले समेत बीमा अवधिको ४ वर्षदेखि नै बीमा फाइदा रकम भुक्तान पाउन सकिने यो योजना अत्याधिक रुचाइएको बीमा पोलिसीमध्ये एक हो ।