काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको दोस्रो हप्तासम्म शैक्षिक संस्था बन्द गर्ने प्रस्तावलाई अघि सारेको छ ।
आज दुई बजेदेखि बस्न लागिएको सीडीओ तथा मन्त्रिपरिषद्को बैठकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम न्युनिकरणका लागि स्वास्थ्य मन्त्रालयले माघको दोस्रो हप्तासम्म शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव पेश गर्न लागेको हो ।
यसका लागि उपत्यकाका सिडिओहरु आन्तरिक छलफलमा समेत बसेका छन् । पछिल्लो समय विश्वव्यापी रुपमा पुनः कोरोना संक्रमणको दर बढ्दै गएको छ । नेपालमा पनि यसको जोखिम उच्च रहेको भन्दै विज्ञहरु माघ दास्रो हप्तादेखि नेपालमा अर्काे लहरआउन सक्ने आकलन समेत गरिसकेका छन् । सोहि जोखिमलाई मध्यनजर गर्दै माद्दको दोस्रो हप्तासम्म शैक्षिक संस्थाहरु बन्द गर्ने प्रस्ताव अघि सारेको हो ।
यस्तै, नेपाली कांग्रेसका नेता एवम् नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरलेपनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने माग राखेका छन् ।