काठमाडौँ– काठमाडौँमा गएरातिदेखि गएको वर्षको क्रम रोकिएको छैन । निरन्तर वर्षाका कारण काठमाडौँ उपत्यकामा चिसो बढेपछि जनजीवन समेत प्रभावित बन्न पुगेको छ । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भएको छ । बिहीबारदेखि क्रमिक रुपमा मौसम कमजोर बन्दै जाने देखिएको विभागले जनाएको हो ।
विभागले मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/ यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । वर्षाका कारण काठमाडौं उपत्यका लगाएत देशभरको जनजीवन प्रभावित भएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री रहेको थियो ।