काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनादेशलाई खण्डित पार्ने काम माधव नेपाल र प्रचण्डले गरेकाले एमालेले ताजा जनादेशको कुरा उठाएको बताएका छन् ।


ADVERTISEMENT


अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको दोश्रो पूर्ण बैठकलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले ५ वर्ष काम गर्न पाएको जनादेशलाई खण्डित पार्न खोजेकाले संसद विघटन गरि ताजा जनादेशमा जान खोजे पनि अवरोध सिर्जना गरेको बताए ।


ADVERTISEMENT

# # #


अहिले पनि ताजा जनादेशमाथि प्रहार भएको भन्दै ताजा जनादेशलाई निरंकुश भन्नु उचित नभएको उनको भनाई छ । पोखरेलले ताजा जनादेशमा जानु लोकतन्त्र विरोधी नभएको तर्क गरे । उनले संगठनात्मक अराजकतालाई चिर्नका लागि बलिया पार्टी बनाउनुपर्ने धारणा राखे ।