काठमाडौँ– नेपाली सेना फोटो प्रतियोगितामा गैर सेनाले पनि भाग लिन पाउने भएको छ । सोमबार एक सुचना जारी गर्दै रक्षा मन्त्रालयले ‘नेपाली सेना फोटो प्रतियोगिता–२०७८’ मा सेना एवम् गैर सेना दुवैले भाग लिन सक्ने जानकारी दिएको हो ।


ADVERTISEMENT


गतवर्ष आन्तरिक रुपमा मात्रै सञ्चालन गरिएको सो प्रतियोगिताका लागि यसवर्षदेखि आम नागरिकलाई समेत बाटो खुला गरिएको हो ।


ADVERTISEMENT

# # #


सेनाका विविध गतिविधिहरुलाई फोटोहरुको माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेको समयमा उपयोग गर्न सहज बनाउने उद्देश्यले गतवर्ष बाटै सञ्चालनमा ल्याइएको यो प्रतियोगितालाई निरन्तरता दिदैँ सेनाले यसपटक पनि आयोजना गर्न लागेको बताएको छ ।

गैह्र सैनिकको हकमा प्रतियोगितामा सहभागी हुनको लागि व्यक्तिले यहि माघ २१ गतेभित्र आवश्यक फोटो तथा विवरणहरु नेपाली सेनाको आधिकारिक वेबपेज भित्र रहेको लिङ्क https://photo.nepalarmy.mil.np मा अपलोड गर्नुपर्नेछ । र, प्रतियोगिताका लागि २०७७ सालदेखि २०७८ सालसम्म खिचिएका तस्बिरहरुलाई मात्र समावेश गरिने मन्त्रालयले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय फोटोहरुलाई क्रमश नगद ५० हजार, ३५ हजार र २५,००० को राशि तोकिएको छ ।