काठमाडौं – कीर्तिपुर महानगरीय प्रहरी वृत्तको नयाँ भवनको शिलान्यास सम्पन्न भएको छ ।
भवनको शिलान्यास महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)”अशोक सिंहले गरेका हुन् ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा अब छिट्टै नयाँ भवन बन्ने सिंहले बताएका छन् ।
शिलान्यास कार्यक्रममा बोल्दै परिसर प्रमुख एसएसपी सिंहले नागरिकको साथ सहयोग र मायाले नै प्रहरी अगाडि बढ्ने बताए ।
कार्यक्रममा बोल्दै सिंहले स्थानीयले गरेको सहयोग नागरिक प्रहरी सम्बन्धको एउटा गतिलो उदाहरणसमेत भएको सिंहले बताए ।