मकवानपुर – जिपी कोइराला फाउण्डेशनले थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माध्यामिक विद्यालयका छात्रछात्रालाई ट्रयाक सुट वितरण गरेको छ ।
फाउण्डेशनले सो विद्यालयका ३५० जना छात्रछात्रालाई ट्रयाक सुट वितरण गरेको हो ।
जिपी कोइराला फाउण्डेशन नेपाल मकवानपुर क्षेत्र नम्बर २ (क)को आयोजनामा शुक्रबार एक कार्यक्रमममा छात्रछात्रालाई ट्रयाक सुट वितरण गरिएको हो ।
कार्यक्रम विद्यालयका अध्यक्ष राजीव कुमार स्याङ्तानको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रमुख अतिथ्यता भने फाउण्डेशन क्षेत्र २ २ (क)को संयोजक प्रमोदकृष्ण जोशीले सम्हालेका थिए ।
चिसो मौसम सुरु हुनै लागेकोले बालबालिकालाई सहयोग पुगोस् भनी यसो गरिएको संयोजक जोशीले बताए ।
यसबाट विद्यालयको इसिइडी कक्षादेखी ८ सम्मका विद्यार्थीहरु लाभािन्वत भएका छन् ।
विद्यालयका अध्यक्ष स्याङ्तानले चिसो मौसममा विद्यालय आउनजान सहज पुग्ने हेतुले विद्यालय पोशाक सँग मिल्दोजुल्दो ट्रयाकसुट सहयोग गरेकोमा फाउण्डेशनलाई धन्यवाद ज्ञापन गरे ।