काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले परिवर्तनको संवाहक भन्नेहरूले नै पटकपटक संघीय गणतन्त्रको चीरहरण गरेको आरोप लगाएका छन्।


ADVERTISEMENT


उनले समयमा बजेट पारित नभएकाले ईतिहासमा पहिलोपटक देश बजेटविहिन भएको भन्दै यस्तो बताएका हुन् । थापाले सामाजिक सञ्जालमा एक ट्वीट लेख्दै यस्तो आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


उनले संघीय गणतन्त्रको विषयमा पुनर्विचार गर्न ढिलो नगरौंसमेत भनेका छन् ।

 यस्तो छ  थापाको ट्वीट:

समयमा बजेट पारित नभएकाले नेपालको ईतिहासमा पहिलोपटक देश बजेटविहिन(गभर्मेन्ट सटडाउन)को अवस्थामा पुग्नुले वर्तमान ‘अपवित्र’गठबन्धन सरकार र व्यवस्थाको असफलतालाई पुनःपुष्टि गरेको छ। परिवर्तनको संवाहक भन्नेहरूले नै पटकपटक संघिय गणतन्त्रको चिरहरण गरेका छन्। पुनर्विचार गर्न ढिलो नगरौँ  ।