काठमाडौँ – भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल २–१ गोलले पराजित भएको हो ।


ADVERTISEMENT


भारतका लागि फरुख चौधरीले ६२ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यसपछि कप्तान सुनिल क्षेत्रीले ८० मिनेटमा गोल गर्दै दोस्रो सफलता दिलाए ।


ADVERTISEMENT

# # #


नेपालका लागि तेज तामाङले ८७ औँ मिनेटमा गोल गरे । यसअघि पहिलो मैत्रीपूर्णमा नेपाल र भारतले १–१ को बराबरी खेलेका थिए ।

मैत्रीपूर्ण सकिएसँगै दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जाने छ । नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ ।