• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




फेरि हटाइए थापा

Jun 11, 2021 |

फेरि हटाइए थापा

288
SHARES
ShareTweet

गण्डकी– राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई सो पार्टीले पुनः हटाएको छ ।


ADVERTISEMENT


गण्डकी प्रदेश सभाको आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय तथा गण्डकी प्रदेश संसदीय दलको आजैको मितिको पत्र अनुसार राष्ट्रिय जनमोर्चाका तर्फबाट बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं १ (ख) बाट प्रत्यक्ष निर्वाचित कृष्ण थापालाई नेपालको संविधान २०७२, राजनीतिक दल सम्बन्धी ऐन २०७३, प्रदेशसभा नियमावली २०७४ बमोजिम प्रदेशसभा सदस्य पदबाट हटाइ उहाँको पद रिक्त गरिदिने व्यहोराको सूचना प्राप्त भएको बताउँदै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद ६ दफा ३५ को उपदफा १ बमोजिम प्रदेश सभामा जानकारी गराएको हो ।


ADVERTISEMENT

# # #


यस अघि पहिलो पटक पार्टीको निर्णय विपरित कार्य गरेको भन्दै प्रदेशसभा सदस्यबाट बर्खास्त भएका थापालाई सर्वोच्च अदालतले पुर्नवहाली गर्न अन्तरिम आदेश दिएको थियो । उनको मुद्दा अदालतमा विचाराधिन छ । बिहिबार मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले विश्वासको मत लिने क्रममा पार्टीका तर्फबाट विश्वासको मतका विपक्षमा मतदान गर्ने निर्णय गरेकोमा थापा भने तटस्थ बसेको थियो । आजको वैठकमा नेकपा एमालेले गण्डकी प्रदेश सभाको वैठक सञ्चालन सम्बन्धी नियमावली अनुसार मन्त्रीको उपस्थिति विना वैठक बस्न नसक्ने भएको भन्दै अवरोध गरेको छ ।

बिहिबार विश्वासको मतको निर्णय आइसकेपछि आजको प्रदेश सभाको वैठक आफूहरूसँग सल्लाह नगरी बोलाइएको सो पार्टीले जनाएको छ । अर्को वैठक जेठ ३० गते आइतबार १ः०० बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । रासस

#




#
#

#







#




#

#


Share:

Rate:

Previousअनलाइनबाट विद्यार्थी भर्ना लिइने
Nextपशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोग सूचीकृत

ताजा खबर

  • काठमाडौँमा थप १०० स्मार्ट विद्युतीय बस चलाउन छलफल
  • राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
  • राष्ट्रिय सडक सञ्जालमा जोडियो सिमकोट, कर्णाली करिडोरलाई व्यापारिक मार्गका रुपमा अघि बढाइने
  • काँगेस केन्द्रीय कार्यसमिति बैठक : महाधिवेशनका लागि क्यालेन्डर बनाउनुपर्नेमा जोड
  • आगामी नोभेम्बरमा दक्षिण कोरियामा नेपाल-कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved