काठमाडौँ– मंगलवार बिहान बौद्वस्थित एक बोराभित्र मानिसको खुट्टा भेटिए अर्ध जलाएको अवस्थामा फेला परेको थियो । घटनाको अनुसन्धान गर्दै जाने क्रममा सोहि स्थानको करिब १ मिटरको दूरीमा उत्तरतर्फ खाली जग्गामा प्रहरीले परालले जलाएको अवस्थामा मासुको डल्ला समेत फेला पारेका छन् ।
बोरामा मानिसको खुट्टा फेला पर्दा पनि पराल हुनु केहि दूरीमा मात्रै परालले जलाएको अवस्थामा मासुको डल्ला देखिनुबीच घटनामा केहि कनेक्शन हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटनाक्रमको थप आवश्यक छलफल एवम् अनुसन्धान भइरहेको जनाउँदै महानगरीय प्रहरी परिसर काठमाडौंका एसएपी अशोक सिहले सो मासुको टुक्रा के को? भन्ने उृचित यकिनका लागि परीक्षणका लागि पठाइएको जानकारी दिएका छन् ।
मंगलवार बोराभित्र पराल हालेर मानिसको खुट्टा फ्याँकिएको अवस्थामा फेला परेको सो खुट्टा महिलाको हो वा पुरुषको भन्ने हालसम्म खुल्न सकेको छैन ।
अज्ञात रुपमा भेटिएको सो घटनाको थप अनुसन्धानका लागि प्रहरीहरु सो स्थान वरपर बाँकी शरीरको अंग पनि कतै भेन्टिछ कि भनेर खोजी गरिरहेको थिए । सोहि क्रममा मासुको डल्ला फेला पारेको प्रहरीको भनाई छ ।