काठमाडौँ – नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
लक्षण देखिएपछि आइतवार साँझ स्टार अस्पतालमा स्वाब दिएकोमा नतिजा पोजेटिभ आएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।
संक्रमणपछि आफ्नै डेरामा आइसोलेशनमा बसिरहेको र डा. अनुप बास्तोलाको निर्देशनअनुसार औषधि सेवन गरिरहेको उनले बताएका छन् ।