इरानमा जारी एएफसी फुटसल च्याम्पियनसीप छनोटको आफ्नो अन्तिम खेलमा नेपालले आज तुर्केमिनिस्तानसंग प्रतिस्पर्धा गर्दैछ । यसअघि खेलेका दुबै खेलमा पराजित भईसकेका दुबै टोली आज सान्त्वना जितको खोजीमा मैदान उत्र्नेछन् । पहिलो पटक फुटसलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाएको नेपाल आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसंग १४–१ ले तथा दोस्रो खेलमा हिजो किर्जिकिस्तानसंग ५–० ले पराजित भएको थियो । तुलनात्मक रुपमा नेपाल भन्दा बलियो रहेको तुर्केमिनिस्तानसंगको खेल दुबै टोलीको प्रतिष्ठाको लडाई मात्र हुनेछ । दुबै टोली यसअघि नै छनोट चरणबाटै बाहिरिसकेका छन् । यो समुहबाट उज्बेकिस्तान र किर्जिकिस्तानले च्याम्पियनसिपमा स्थान बनाएका छन् । – आजको कान्तिपुरबाट