• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




विशिष्टीकृत बहिरङ्ग सेवा दिदै भरतपुर अस्पताल

Jan 22, 2021 |

विशिष्टीकृत बहिरङ्ग सेवा दिदै भरतपुर अस्पताल

585
SHARES
ShareTweet

चितवन– भरतपुर अस्पतालले अब विशिष्टीकृत बहिरङ्ग सेवा पनि सञ्चालनमा ल्याउने भएको छ । राजधानी बाहेकका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो रहेको सो अस्पतालको महत्वपूर्ण विभागमा रोगका सम्बन्धित विशेषज्ञबाट उपचार गर्ने गरी सेवा सञ्चालन गर्न लागिएको हो ।


ADVERTISEMENT


अस्पतालमा ‘डक्टर इन मेडिसिन’ (डिएम), सम्बन्धित विषयमा फेलोसिप, एमसिएचजस्ता विशिष्टीकृत अध्ययन र तालीम गरेका चिकित्सकले नै सबै खालका बिरामी हेर्दै आएको थियो। अस्पतालमा आएर पनि सम्बन्धित विशेषज्ञ फेला नपारेपछि विशिष्टीकृत सेवाका लागि बिरामी निजी मेडिकल कलेजमा जाने गरेका थिए । तसर्थ अस्पतालले त्यस्ता बिरामीलाई नै लक्षित गर्दै सम्बन्धित चिकित्सकबाट उपचार गर्ने व्यवस्था मिलाउन लागेको हो । हाल सञ्चालनमा रहेका विभागभित्र पनि विशिष्टीकृत विभागहरु रहनेछन् ।


ADVERTISEMENT

# # #


अस्पतालको यस सेवा सञ्चालन सम्बन्धि बोल्दै अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले भने, ‘अब भरतपुर अस्पतालमा मुटु, मिर्गौलाजस्ता अङ्गहरुको उपचारसँग सम्बन्धित अध्ययन तथा तालिम लिएका विशेषज्ञ चिकित्सकले विशिष्टीकृत सेवा दिँदैछन् ।’

अस्पतालमा हालसम्म डिएम, एमसिएच, फेलोसिपजस्ता विशिष्टीकृत अध्ययन र तालीम लिएका चिकित्सक भएर पनि सम्बन्धित विभागको अभावमा समग्र बिरामीलाई हेरिरहेको अवस्था छ । अधिकारीले आउँदो दुई महिनाभित्रमा विशिष्टीकृत सेवा दिनका लागि गुणस्तर सुधार उपसमिति गठन गरी काम अघि बढाएको बताए। यद्यपि अब भने भरतपुर अस्पताल सरकारी अस्पतालअन्र्तगतको काठमाडौँको वीर अस्पतालपछि विशिष्टीकृत बहिरङ्ग सेवा दिने पहिलो हुने तर्क उनले दिए ।

सेवा सञ्चालन तयारीका निमित्त अस्पताल विकास समितिका सदस्य केशव देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । सो समितिले विशिष्टीकृत सेवाका अतिरिक्त अस्पतालको शुल्क परिमार्जनका लागि विकास समितिमा प्रतिवेदन पेश गर्नेछ । अधिकारीले भने, ‘लामो समयदेखि अस्पतालको सेवा शुल्क एकै भएकाले कतिपयमा घटबढ गर्नुपर्ने देखिन्छ ।’ समितिको प्रतिवेदनका आधारमा शुल्क समायोजन गरिने उनले बताए ।

भरतपुर अस्पतालको कतिपय शुल्क निजीसरह रहेका छन्, भने कतिपय साह्रै न्यून रहेको छ । समितिका संयोजक देवकोटाले अस्पततलमा भइरहेको सेवाको गुणस्तर सुधारका लागि विस्तृत अध्ययन गरेर दुई हप्ताभित्र प्रतिवेदन पेश गर्ने जानकारी दिए। उनले विशिष्टीकृत बहिरङ्ग सेवा, शुल्क समायोजनसँगै अस्पतालको सेवाको गुणस्तर विकासका लागि महत्वपूर्ण हुने गरी प्रतिवेदन तयार गरिने बताए । अस्पतालको सूक्ष्म अध्ययन गरेर गुणात्मक सुधारमा जोड दिदिै अस्पतालमा आएका बिरामीलाई पालो कुर्न, औषधि किन्न तथा स्वास्थ्य बीमाका जस्ता पक्षहरु सहज बनाउन समितिले काम गर्ने देवकोटाको भनाइ रहेको छ ।

यस्तै, अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार, वार्षिक रुपमा अस्पतालले तीन लाखभन्दा बढी बिरामीलाई सेवा दिदैँ आएको छ । जसमध्ये १५ हजारभन्दा बढी प्रसूतिका सेवा रहेका छन् । यस्तै, ४० हजारभन्दा बढीले आकस्मिक सेवा लिने गरेको उनले बताए । राजधानी बाहिर पित्तथैली नलीभित्रको पत्थरीलाई मुखबाट पाइप हालेर निकाल्ने पद्धति ‘इआरसिटी’ यहाँ मात्र उपलब्ध हुने भएकालले भरतपुर अस्पताल प्रसूति र हाडजोर्नी सेवाका लागि नेपालमा नै उत्कृष्ट अस्पतालमध्ये एक मानिन्छ । अस्पतालमा हाल १३ वटा विभाग छन् । विशिष्टीकृत बहिरङ्ग सेवा शुरु भएसँगै अबका दिनहरुमा धेरै बिरामी लाभान्वित हुनेप्रति पौडेल विश्वास प्रकट गरे। रासस

#




#
#

#







#




#

#


Share:

Rate:

Previousकीर्तिमानी सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्येष्टि
Nextमुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

ताजा खबर

  • मनसुनको हावापानीको अवस्था अद्यावधिकः यस वर्ष मधेसको दक्षिण भूभागमा कम वर्षा हुने
  • ‘नेशनल म्यूजिक अवार्ड २०८१’ गर्दै रेडियो कान्तिपुर, कुमा र दुर्गेशसहितको भव्य कन्सर्ट हुने
  • ‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छ’
  • काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक : नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने सदस्यहरुको जोड
  • प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved