काठमाडौँ – सित्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दिउँसो १ बजे बस्ने वैठकका लागि सुरक्षा व्यवस्था कडा गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ छ।
बम डिक्टेटरसहितको सुरक्षा टोली, तालिम प्राप्त कुुरसहित धुम्बाराहीको क्षेत्र यतिबेला अत्यन्त कडा पारिएको छ ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विवाद बढ्दै गएपछि आज दिउँसो १ बजे धुम्बाराहीमा वैठक राखिएको हो । यसअघि धुम्बाराहीमा राखिएको वैठक सुरक्षा थ्रेटको कारण देखाउँदै प्रधानमन्त्री ओलीले बालुवाटारमै सारेका थिए ।
वैठकका लागि प्रचण्डसहित नेकपाका शीर्ष नेताहरु उपस्थित भइसकेका छन् । यद्यपि, प्रधानमन्त्री ओली अहिलेसम्म धुम्बाराही पुगेका छैनन् । प्रधानमन्त्री पुगेलगत्तै वैठक शुरु हुने नेकपाले जनाएको छ ।