दार्चुला – प्रहरीले डेढ करोड बढीको यार्चागुम्बासहित एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्लाका ३५ वर्षीय दोकार लामा रहेका छन् ।


ADVERTISEMENT


लामाबाट प्रहरीले करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको १७ किलो ५ सय १० ग्राम अवैध जडिबुटी बरामद गरेको छ ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उनले बोकेको २ वटा झोलाभित्र प्लाष्टिकमा बेरेर टाँचा लगाई ५ वटा पोकामा लुकाई राखेको अवस्थामा उक्त यार्चागुम्बा फेला पारी उनलाई पक्राउ गरेको हो ।

बरामद यार्चागुम्बा सहित उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।