काठमाडौँ – चिकित्सा शिक्षा सुधारका लागि २८ दिनदेखि अनसनरत डा. गोविन्द केसीले अनसन तोडेका छन् ।
शनिवार मध्य रात सरकारसँगको भएको ८ बूँदे सहमतिपछि सफाइ कर्मचारीको हातबाट जुस पिएर डा. केसीले अनसन तोडेका हुन् ।
बिहीबार १० घण्टा बसेर रोकिएको वार्ता विना निश्कर्ष टुङ्गिएपछि शुक्रवार सरकारी वार्ता टोली वार्ताबाट पछि हटेको थियो ।
शनिवार दिनभरी सरकारी टोली वार्ता टोलीसँग वार्ता हुन नसकेपनि मध्यराति सहमति भएको हो ।