काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् ।
शनिबार स्वाब दिएका उनका आज रिर्पोट नेगेटिभ आएको उनको सचिवालय स्रोतले हिमालय पोष्टलाई जानकारी दिएको छ ।
स्रोतका अनुसार मेयर शाक्य घरमै रहेका छन् । मेयर शाक्य केही दिनपश्चात महानगरपालिकाको कार्यालयमा नियमित कामका लागि जाने सचिवालय स्रोतले जनाएको छ ।
उनलाई भदौ १५ गते कोरोना संक्रमण देखिएको थियो ।