विराटनगर – परिवारका एक जना सदस्यलाई कोरोना संक्रमण देखिएपछि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, परिवारका अन्य सदस्य, नीजि सचिवालय र सुरक्षाकर्मी लगायतको कोरोना परिक्षण गर्दा सबैमा दोस्रो पटक पनि नेगेटिभ आएको छ ।


ADVERTISEMENT


कोरोना नतिजा नेगेटिभ आएको तथा कोरोना संक्रमण नभएको देखिएता पनि सभामुख भण्डारी १४ दिन होम क्वारेण्टाईनमा रहेका थिए । उक्त क्वारेण्टाईनको अवधि समाप्त भए पश्चात सभामुख, परिवारका अन्य सदस्य लगायतको पुनः कोरोना परीक्षण गराईएको थियो । उक्त परिक्षणको नतिजा पनि नेगेटिभ आएको सभामुख भण्डारीका प्रमुख स्वकिय सचिव गिरिराज अधिकारीले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


परिवारका संक्रमित सदस्य भने विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आईशोलेसनमा रहि स्वास्थ्य लाभ गरिरहेको तथा उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

सभामुख भण्डारीले क्वारेन्टिनको अवधिमा सदभाव व्यक्त गर्ने आफ्ना शुभेच्छुकलाई धन्यवाद दिएका छन् । उनले समुदाय स्तरमा कोरोना संक्रमण फैलिँदो अवस्थामा रहेकोले दृढ आत्मबलका साथ स्वास्थ्य सुरक्षा सम्बन्धि संभव सम्पूर्ण उपायहरु अबलम्बन गर्दै आफु जोगिन र आफ्नो परिवार तथा समुदायलाई संक्रमणबाट जोगाउन पनि अनुरोध गरेका छन् ।