काठमाडौं – यूएईले कामदार फिर्ता लैजान विभिन्न देशलाई गरिएको आग्रह स्वीकार नगरिए भविश्यमा ती देशबाट कामदार नलैजानेसम्मको गम्भीर चेतावनी दिएको छ ।
यूएईको ह्युमन रिसोर्स तथा ईमिरटाईजेसन मन्त्रालयले कामदार आपूर्ति गरिरहेका देशहरुको श्रम सम्वन्धमा अध्ययन भइरहेको भन्दै कोरोना भाइरस संक्रमणको अहिलेको अवस्थामा कामदार फिर्ता गर्न नमान्ने देशहरुसँग सोही अनुसारको व्यवहार गरिने बताएको छ । यूएईमा २८ लाख भारतीय कामदार रहेका छन् । ती मध्ये अधिकांश केरलाका रहेका छन् ।
त्यस्तै, युएईमा ४ लाख बढी नेपाली रहेका छन् । तर ह्युमन रिसोर्स तथा ईमिरटाईजेसन मन्त्रालको भनाइ मुलतः भारतीय कामदारहरुको सन्दर्भमा आएको बताइएको छ । नेपाली कामदारहरुका हकमा पनि त्यो निर्णय लागू हुने कतिपयको भनाइ छ ।
युएईले घर फर्किन चाहने कामदार फिर्ता नलगिए द्विपक्षीय श्रम सम्झौता निलम्बन गर्ने र भविश्यमा सम्वन्धित देशका लागि छुट्याएको कोटामा पनि नियन्त्रण गर्ने बताएको छ ।