सिन्धुली । बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सन्दिप भण्डारीले महिला प्रहरी कर्मचारी तथा महिला प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।


ADVERTISEMENT


केन्द्रको प्राविधिक प्र. नि.डा. रमा विष्टद्वारा सहजिकरण गरिएको उक्त कार्यक्रम नेपाल प्रहरी संगठनको लैंगिक नीति अनुरुप महिला प्रहरी कर्मचारीहरु तथा महिला प्रशिक्षार्थीहरुलाई पर्न सक्ने समस्या र समाधान, COVID-19 को संभावित संक्रमण रोकथाम, नियन्त्रण र त्यसबाट उत्पन्न परिस्थितिको कुसलतापुर्वक व्यवस्थापन लगायतका विषयमा सुनुवाई तथा समस्याहरुको पहिचान र समाधानको उदेश्यले राखिएको थियो ।


ADVERTISEMENT

# # #