काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट अध्यक्षमा कुमार पन्त विजयी भएका छन्।


ADVERTISEMENT


संघको नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन् । पन्तले एक हजार ९४ मत ल्याए भने आचार्यले नौ सय ५९ मत ल्याएका हुन्। शुक्रबार सकिएको मतगणनाको निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ।


ADVERTISEMENT

# # #


गोरखा फुजेलका स्थायीबासिन्दा पन्त सन् सन् १९९९ देखि जर्मनीमा व्यवसायरत् छन् । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष थिए ।

पन्तले आफू उम्मेदवार हुँदै गर्दा लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका पाँच मन्त्रसमेत सार्वजनिक गरेका थिए । उनले आफूले गरेका प्रतिबद्धता पूरा गर्ने प्रतिक्रिया दिएका छन् ।

उपाध्यक्षमा मिश्रित परिणाम आएको छ । उपाध्यक्षका लागि भएको निर्वाचनमा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनम लामा, मन केसी
र रविना थापा विजयी भएका छन् । उपाध्यक्षमा विजयी भएका केसी र थापा कूल आचार्य प्यानलका हुन् ।

महासचिवमा डा. हेमराज शर्माले जितेका छन् । त्यस्तै, सचिवमा गौरी जोशी, र आरके शर्मा विजयी भए । कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः महेश श्रेष्ठ र लोक दाहाल चयन भएका छन् ।