काठमाडौं । नेपाल फाउण्डेशनका अध्यक्ष विकास कुमार ठाकुरलाई गत असोज १९ गते प्रहरीले एकाएक काठमाडौंको फर्पिङबाट पक्राउ गर्यो ।


ADVERTISEMENT


दशैं मनाएर सर्लाहीबाट काठमाडौं फर्किने क्रममा एकाएक विना कारण अपहरण शैलीमा प्रहरीले पक्राउ मात्र गरेन अपमानजनक शैलीमा मानसिक यातना दिएर तीन दिन सम्म थुनामा समेत राखियो ।


ADVERTISEMENT

# # #


देश बिरुद्ध अभिव्यक्ति दिएको भन्दै पक्राउ गरिए पनि ठाकुरले आफुले त्यस्तो व्यवहार गरेको पुष्टि गर्न चुनौति दिएका छन् । आफु पक्राउ पर्नुको कारण माग गर्दै उनले एक बिज्ञप्ति समेत जारी गरेका छन् । ठाकुरले आफुलाई बिना कारण पक्राउ गर्नु संविधान र नागरिक अधिकारको ठाडो प्रतिकुल रहेको भन्दै न्याय माग गरेका छन् ।