रौतहट । नेपाली कांग्रेस रौतहट जिल्ला क्षेत्र नं २ ले आयोजना गरेको दसैक शुभकामना तथा पार्टी प्रवेश कायक्रममा सांसद मोहम्मद अफताव आलमले नेकपा पार्टीका नेताहरु र समाजवादी फोरम पार्टीका करिब ४०० सय नेताहरु लाई नेपाली कांग्रेसमा प्रवेश गरानु भयो। कायक्रममा बोल्दै सांसदआलमले भन्नु भयो वर्तमान सरकारले जनताको समस्याहरु लाई पुरा गर्न नसकेको जनताको सामु यो सरकार असफल भएको हुदा अब जनताका सबै समस्या पुरा गर्न नेपाली कांग्रेस पार्टीले मात्र गर्न सक्छ। अब नेपाली कांग्रेस पार्टीमा पार्टी प्रवेशको लहर सुरु भईसक्यो यो निरन्तर चल्ने छ। यो सरकारले किसान र युवाको मुहारमा खुसी ल्याउन नसकेको बतानु भयो । कायक्रममा बोल्दै सांसद आलमले सरकार किसान र युवाप्रति जिम्मेवार हुन नसकेको बतानु भयो । यस्तै उनले किसानलाई आवश्यक पर्ने मल, बिउविजन लगायतका सामग्री पनि सरकारले उपलब्ध गराउनु पर्ने बतानु भयो।


ADVERTISEMENT



’ देशमै राजगारी गर्ने युवाहरुको सपना चकनाचुर भको भन्दै उनले त्यसका लागि सरकार जिम्मेवार बन्नुपर्ने बतानु भयो । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको पनि विरोध गरे । उनले भने, ‘आफ्नै मुलुकमा रोजगार उपलब्ध हुन्छ भने राम्रो कुरा हो । तर, पैसा बाँडेर युवा बेरोजगारी समस्याको समाधान हुँदैन ।’पार्टी प्रवेश कायक्रममा १०० जना महिला नेत्रीहरु पार्टी प्रवेश गरेका थिए।


ADVERTISEMENT

# # #