हेनले पासपोर्ट सूचकांकले सन् २०१९ को शक्तिशाली राहदानी र कमजोर राहदानीको सूची सार्वजनिक गरेको छ।


ADVERTISEMENT


सन् २०१९ को १० महिनामा जापान र सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली पासपोर्टको रुपमा देखिएको छ।


ADVERTISEMENT

# # #


त्यस्तै फिनल्यान्ड, दक्षिण कोरिया र जर्मनीको पासपोर्ट शक्तिशाली पासपोर्टको दोस्रो सूचीमा परेको छन्।

सूचकांकका अनुसार जापान र सिंगापुरको पासपोर्ट भएका मानिसले १ सय ९० देशमा भ्रमण गर्न सक्छन्।

यसैगरी सूचकांकले कमजोर पासपोर्ट भएका देशको सूची पनि निकालेको छ।

यसमा नेपाल, पाकिस्तान इराक लगायतका देश परेका छन्।

शक्तिशाली पासपोर्ट भएका देश

१. जापान र सिंगापुर (१९० देश)

२. फिनल्याण्ड, जर्मनी, दक्षिण कोरिया (१८८ देश)

३. डेनमार्क, इटाली, लक्जेमबर्ग (१८७ देश)

४. फ्रान्स, स्पेन, स्वीडेन (१८६ देश)

५. अस्ट्रिया, नेदरल्यान्ड्स, पोर्चुगल (१८५ देश)

६. बेल्जियम, क्यानडा, ग्रीस, आयरल्यान्ड, नर्वे, वेलायत, अमेरिका र स्वीजरल्यान्ड (१८४ देश)

७. माल्टा, चेक रिपब्लिक (१८३ देश)

८. न्युजिल्यान्ड (१८२ देश)

९. अस्ट्रेलिया, लिथुनिया, स्लोभाकिया (१८१ देश)

१०. आइसल्यान्ड, लाटभिया, हंगेरी र स्लोभेनिया (१८० देश)

कमजोर पासपोर्ट भएका देश

१. लेबनान, उत्तर कोरिया (३९ देश)

२. नेपाल (३८ देश)

३. लिबिया, प्लोस्टाइन, सुडान (३७ देश)

४. यमन (३३ देश)

५. सोमालिया, पाकिस्तान (३१ देश)

६. सिरिया (२९ देश)

७. इराक (२७ देश)

८. अफगानिस्तान (२५ देश) सीएनएन