काठमाडौ। मुलुकका मुलाधारका पत्र पत्रिकाको समेत नजर नपरेको एक महत्वपूर्ण र ठुलो बिषयको पर्दाफास गर्दै एक अनलाइन पत्रकारले शाहासिक काम गरेका छन्। नेपाल प्रेस युनियनका महासचिब समेत रहेका हाम्रा कुरा अनलाइन प्रधान सम्पादक अजयबाबु सिवाकोटीले यस्तो शाहासिक काम गरेका हुन्।


ADVERTISEMENT


संघिय संसद प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महाराले एक महिलालाई यौन दुराचार गरेको आरोप सहितको समाचार हाम्रा कुरा अनलाइन मार्फत ब्रेक गरेका थिए। सोही समाचारले महराको सभामुखको पद समेत गएको छ।


ADVERTISEMENT

# # #


उनि माथी आइतबार बेलुका एक महिलाको कोठामै गएर महिला माथी यौन दुराचार गरेको आरोप छ। मादक पदार्थ सेवन गरेर मातेको अबस्थामा पुगेका सभामुख महराले आफ्नो साथमा मादक पदार्थ समेत लिएर गएको पत्रकार सिवाकोटीले तथ्य सहितको समाचार ब्रेक गरेका थिए।

प्रेस युनियनका महासचिव समेत रहेका पत्रकार सिवाकोटीले पिडित महिलालाई भेटेर नै भिडियो सहितको समाचार ब्रेक गरेका थिए। जसले पीडक महराको पद समेत खुस्काइ दिएको छ।

पटक पटक विवादित बन्दै आएका महराले संसदलाई स्वतन्त्र रुपमा चलाउन नसकेको आरोप समेत खेप्दै आएका थिए।