काठमाडौँ – सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल जिम्बाब्बेसंगको दोस्रो खेलमा पनि पराजित भएको छ । मंगलबार भएको खेलमा जिम्बाब्बेले नेपाललाई ४० रनले पराजित गरेको हो ।


ADVERTISEMENT


सिरंगापुरको इण्डियन एशोसियसन मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बाब्बेले निर्धातिर २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनायो । १६१ रनको चुनौति पच्छ्याएको नेपालले २० ओभर खेलेर ९ विकेटको क्षतीमा मात्र १२० रन बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । यस्तै आरिफ शेख २५ रनमा आउट हुँदा करण केसीले १८ रन जोडे । कप्तान पारस खड्का १२ रनमा पेवेलियन फर्किए । जिम्बाब्बेका लागि कप्तान सेन विलियम्सले ३ विकेट लिए । यस्तै टिनोटेण्डा मुटोम्बड्जीले २ तथा ट्रेण्डाइ चतारा, डेनाइल ज्याकेल, रायन बुर्ल र विलियम म्यासिंगेले समान १ १ विकेट लिए ।

यसअघि जिम्बाब्बेका लागि कप्तान सेन विलिम्सले अर्धशतक हाने । ३५ बलमा उनले ३ छक्का र ४ चौकाको मदतमा ५३ रन बनाए । यस्तै रायन बुर्लले नटआउट २८ रन जोड्दा पिटर मूर २१, टिनोटेण्डा मुटोम्बड्जीले २० तथा रिचमण्ड लमुटुम्बाबीले १७ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट लिए । यस्तै कप्तान पारस खड्का र अभिनास बोहराका नाममा समान १-१ विकेट रह्यो ।

सिरिजको पहिलो खेलमा जिम्बाब्बेसंग हार ब्यहोरेको नेपाल आज जित निकाल्दै अंकतालिकाको शीर्ष स्थान कायमै राख्न चाहन्छ । यता जिम्बाब्बे सिरिजको दोस्रो जितको खोजीमा रहेको छ ।

सिरिजको अन्तिम खेल नेपालले बुधबार आयोजक सिंगापुरको सामना गर्ने छ । यसअघि कप्तान पारसको कीर्तिमानी शतकमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो ।