सीन्धुली ।३ नं प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा जुनियर प्रहरी अधिकृतहरुको लागि सन्चालित महिला तथा बालबालिका संग सम्बन्धित अपराध अनुसन्धान तालिम चौथो समुहको तालिम सम्पन्न भयको उपलछ्यमा केन्द्रका समादेशक एसएसपी  सन्दिप भण्डारीले एक समारोहका विच समापन गर्नुभएको छ ।
उक्त तालिममा ३ नं प्रदेशका विभिन्न जिल्लाबाट २३ जना र २ नं प्रदेशको सर्लाही र सप्तरीबाट १ र १ जना गरी जम्मा २५ जना जुनियर प्रहरी अधिकृत सहभागी भएका थिए। १८ कार्यदिनको उक्त तालिममा महिला तथा बालबालिका संग सम्बन्धित बिभिन्न अपराध सम्वन्धी परिचय, उक्त अपराधको अनुसन्धान विधि, अनुसन्धान गर्दा प्रहरी कर्मचारीले ध्यान दिनुपर्ने कुराहरु, बाल बिज्याई र बाल न्याय प्रणाली, अपराध अनुसन्धानमा प्रयोग भएका नवीन प्रविधिको बारेमा दक्ष प्रशिक्षकबाट प्रशिक्षण दिईएको थियो ।


ADVERTISEMENT


समापनको क्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण तथा निर्देशन सम्बोधन गर्दै एसएसपी  भण्डारीले  भने  हालको परिस्थितिमा प्रहरी प्रतिको बढ्दो जन अपेक्षालाई पुरा गर्नको लागि तालिम अपरिहार्य रहेको कुरा वताउदै प्रशिक्षार्थीहरुले तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा ईमान्दारीताका साथ लागु गरी संगठनको उदेश्यलाई सार्थक बनाउनु पर्ने कुरामा जोड दिनुभयो । तालिमले व्यावसायिक जिवनको साथसाथै व्यक्तिगत जिवनमा समेत सकारात्मक प्रभाव पर्ने कुरा औंल्याउदै महिला तथा बालबालिका संग सम्बन्धित सम्पुर्ण अपराध अनुसन्धानमा कानुनी कठोरता अपनाउन समेत निर्देशन दिनुभएको थियो।


ADVERTISEMENT

# # #


उक्त समारोहमा प्रशिक्षार्थीहरुको तर्फबाट आफ्नो मन्तव्य राख्दै प्र.ना.नि. प्रकाश थापाले तालिममा अनुसन्धानको क्षेत्रमा उपयोगी ज्ञान, सीप, कौशल प्रदान गरेकोमा तालिम केन्द्र परिवार प्रति आभार प्रकट गर्नुको साथै तालिममा प्राप्त ज्ञानले कार्यक्षेत्रमा दिईने जिम्मेवारी बहन गर्न थप उर्जा प्राप्त भएको वताउनु भयो । त्यसैगरी तालिमले व्यक्तिगत वृति विकासमा समेत ठुलो योगदान पुगेको कुरा वताउनु भएको थियो ।

तालिमका संयोजक प्रहरी निरीक्षक बिनोद कुमार सुनुवारले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुहुदै सम्पुर्ण प्रशिक्षार्थीहरुले सफलतापुर्वक तालिम सम्पन्न गरेको कुरा वताउनु भएको थियो ।