काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचनमा चतुरबहादुर चन्द नेतृत्वको प्यानल विजयी भएको छ । चन्दको टिमले भारी अन्तरले विनय राज पाण्डेको प्यानललाई पराजित गरेको हो ।


ADVERTISEMENT


अध्यक्षमा चतुरबहादुर चन्द विजयी भएका छन् । उनी विजयराज पाण्डेलाई २९ मतले पछिपार्दै पराजित गर्दै अध्यक्ष चुनिएका हुन् । कुनल ५९ भोटमध्ये चन्दले ४४ भोट ल्याए भने पाण्डेले जम्मा १५ भोट ल्याए ।


ADVERTISEMENT

# # #


उपाध्यक्षमा पनि चन्द समूहकै राजाबाबु श्रेष्ठ विजयी भएका छन् । उनले पाण्डे प्यानलका मिङ्गमा डेन्डु लामालाई २४ मतले हराएका पारेका हुन् । श्रेष्ठले ४१ भोट पाए भने लामाले १७ भोट पाएका छन् ।

यस्तै सचिवमा पनि चन्द प्यानल नै हाबी भएको छ । सचिवमा अशोकनाथ प्याकुरेल विजयी भएका छन् । उनले बिनोद मैनालीलाई २८ मतले हराएका हुन् । प्याकुरेलले ४३ भोट पाए भने मैनालीले १५ भोट ल्याए ।

यता कोषाध्यक्षमा रोशन सिंह विजयी भएका छन् । उनले उपेन्द्र भट्टराईलाई ३३ मतले हराएका हुन् । सिंहले ४५ भोट पाए भने भट्टराईले १२ मत ल्याए । यस्तै सदस्यमा दुर्गा पाठक, विरेन्द्र चन्द, माधव कर्माचार्य, सञ्जय सिंह र करण क्षेत्री विजयी भएका छन् ।

आईसीसीको निलम्बन फुकुवाका लागि निर्वाचनलाई महत्वपूर्ण ठानिएको छ। क्यानलाई ३ वर्षदेखि आईसीसीले निलम्बन गरेको छ।

नयाँ नेतृत्वले काम थालेपछि आाइसीसीको अक्टुबर दोस्रो साता बस्ने बोर्ड बैठकले क्यानको निलम्बन फकुवा गर्ने विश्वास व्यक्त गरिएको छ ।