काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासकै सबैभन्दा असफल सरकार भएको दावी गरेका छन् । दशैं खर्चसमेत धान्न नसकिने गरी सरकारले महँगी बढाएको उनले बताए ।
दशैंको अवसरमा पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै देउवाले भने, ‘ओली सरकार नेपालमा सबैभन्दा असफल सावित भएको छ, धेरै कर बढाएर सारा उद्योगी, व्यापारी आजित छन्, यति महंगी सरकारले बढाएको छ कि जनताले दशैं खर्चसमेत धान्न सक्ने अवस्था छैन ।’


ADVERTISEMENT


सभापति देउवाले सरकारले एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न प्रजातन्त्र विरोधी कानुनहरु बनाउने प्रयास गरिरहेको आरोप पनि लगाए । प्रजातन्त्र विरोधी सरकारका कुनै पनि गतिविधि सैहृय नहुने उनले चेतावनी दिए ।


ADVERTISEMENT

# # #